आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोधपुछ तथा ग्राहक सेवालाई प्रभावकारी बनाउँदै टेलिकम

  • प्रकाशित मिति : शुक्रबार, अशोज २७, २०७४



  • नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको छ। उक्त सेवाको सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले काठमाडौंमा शुभारम्भ गरे।

    सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पुर्याउने विश्वास ब्यक्त गरे। उनले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व पनि वृद्धि हुने बताए।

    सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमका सामू विविध किसिमका चुनौतीहरु पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्रले सहयोग पुर्याउने बताए।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताइन्।

    वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले यस प्रकारको सेवा पहिले देखि नै सञ्चालन गरिएको भए तापनि हाल नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको बताए।  १९७ मार्फत हुने सोधपुछ सेवा आजै देखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको छ।

    वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सिडिएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकहरुले उक्त सेवा सम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सक्नेछन्। यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन्।

    हाल सम्म टेलिफोनबाट मात्र सेवाहरु दिइरहेकोमा सो सेवा केन्द्रबाट छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। त्यसैगरी फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा गुनासाहरुको जवाफ पनि आगामी दिनमा यही केन्द्रमार्फत उपलब्ध गराउने व्यवस्था गरिने भएकोछ।

    सोधपुछ तथा ग्राहक सम्बन्धी सेवा बाह्य संस्थामार्फत गर्ने कम्पनीको नीति अनुसार हाल नयाँ व्यवस्थापन सहित हाइवे लिंक प्रालिसँग सम्झौता गरी सेवा उपलब्ध गराउन लागिएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij