शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

युएईमा अलपत्र परेका ४३ नेपालीको उद्दार

  • प्रकाशित मिति : शुक्रबार, अशोज २७, २०७४



  • युएई नेपाली दूतावास युएईले यस साता यहाँ अलपत्र परेका ४३ नेपालीलाई उद्दार गरि स्वदेश पठाएको छ।

    स्वदेश पठाईएकाहरुमा कम्पनीबाट लामोसमयसम्म तलबसुविधा नपाएर अलपत्र परेका २८ जना रहेका छन् भने भिजिट भिजामा ल्याई अलपत्र पारिएका १५ जना रहेका छन्।

    शिवाकोटी मेनपावरबाट अबुधाबीको रोयल फाल्कन सेक्युरिटी कम्पनीमा आएका २८ नेपाली लामो समयसम्म तलबसुविधा नपाएपछि गत असोज ४ गते दूतावासको शरणमा पुगेका थिए।

    पीडितहरु तलबसुविधा नपाएर न्याय खोज्दै शरणमा आएपछि दूतावासले उनिहरुको समस्या समाधानका लागि संबन्धित सरोकारवालाहरुसंग छलफल र समन्वय गरेको थियो। नेपाली दुतावासकी श्रम सहचारी हिराकुमारी यादवको सक्रियतामा कम्पनीसंग पीडित नेपालीहरुलाई बक्यौता तलब र सुविधा दिने सम्झौता भएपछि तलब र सुविधा लिएर असोज २१ र २२ गते उनिहरु स्वदेश फर्किएका थिए।

    स्वदेश फर्किनेहरुमा मोहम्मद उमर फरुक, जयनारायण खतिवडा, सूर्यपुसाद उप्रेती, हिमालप्रसाद भट्टराई, कृष्णप्रसाद रिजाल, युवराज कार्की, मनोज थापा, सपनकुमार रेग्मी, डम्बरबहादुर कार्की, मुक्तिनाथ रिजाल, सुरेश थापा, लक्ष्मीप्रसाद सुवेदी, विरेन्द्र चौधरी, सन्जितकुमार चौधरी, यजन्द्र जबेगु, लक्ष्मण तामाङ र प्रकाश अधिकारी रहेका छन्। यस्तै, धनबहादुर लिम्बू, मोहनकुमार श्रेष्ठ, देवेन्द्र तामाङ, सुजन मग्राती, सुजन श्रेष्ठ, गोपाल श्रेष्ठ, नैनाकुमार राई, पारस राजवंशी, राजकुमार तामाङ, चुनबहादुर कुशेमान र मातृका चौलागाईंलाई समेत उद्धार गरी नेपाल पठाइएको हो।

    २२ मध्ये १५ फर्किए, ४ अझै अलपत्र

    यसैगरी विमानस्थल र अध्यागमनका कर्मचारीहरुसंगको सेटिङमार्फत दुईमहिना अघि भिजिट भिजामा युएई ल्याई अलपत्र पारिएका २२ मध्ये १५ जना बिहिवार स्वदेश फर्किएका छन्।

    नेपाली दूतावासको सहयोगमा उद्दार गरि स्वदेश फर्काईएका नेपालीहरुमा बाग्लुङका राजु थापा, इन्द्र थापा, गोर्खाका चन्द्र बहादुर गुरुङ, तनहुका ज्ञान बहादुर तामाङ, हेटौडाका भिम बहादुर बोमजन, सुन्दर तामाङ, सुनिल राउत, दिपेन्द्र सम्देन, सुकुराम थिङ, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाकेका तुलसी प्रसाद शर्मा र नवलपरासीका कृष्ण भुजेल रहेका छन।

    बिहिवार मध्याह्न फ्लाई दुबई मार्फत स्वदेश फर्किएका पीडितहरुलाई बिदाई गर्न नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, नेपाल प्रेस युनियन युएईका अध्यक्ष निर्भिक नारायण भुर्तेल तथा एनआरएनए युएईका प्रतिनिधि नवीन पौडेल दुबई विमानस्थल पुगेका थिए।

    काभ्रेका नरेश तामाङ र सिन्धुपाल्चोककी फुन्जो तामाङको भने केही दिन अघि पत्रकार तथा समाजसेवीहरुले उद्दार गरि स्वदेश फर्काएका थिए। बाँकी ३ मध्ये हेटौंडाका प्रकाश मोक्तान र गोर्खाका उज्ज्वल घलेले भने युएईमै रोजगारी पाईएसकेकाले उनीहरु स्वदेश फर्किएनन। हेटौंडा कै सिमोन बम्जनको भने राहदानी हराएकाले स्वदेश फर्किन पाएनन्।

    बिहिवार स्वदेश फर्काईएका नेपालीहरुलाई अन्तर्रा्ष्ट्रिय आप्रवासी संगठन र प्रवाशी नेपाली कोअर्डिनेसन कमिटीले हवाई टिकट , यातायात खर्च बापत जनही ५ हजार नेपाली रुपैयाँ र काठमाडौमा २ दिनसम्म बस्ने व्यवस्था मिलाएको नेपाली दुतावासकी श्रम सहचारी हिराकुमारी यादवले बताईन।

    काठमाडौको धुम्बाराही स्थित पान्डोरा ईन्कर्पोरेसन प्रालिका संचालक ईश्वरी भण्डारी , कार्यकारी निर्देशक केशव थापा तथा दलालहरु दिनेस लामा मोक्तान र रमेश कुँवर मार्फत युएई आएका २२ नेपालीहरु अजमानमा अलपत्र परेको विषयमा सेतोपाटी सहित अन्य संचारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो।

    गत असोज १५ गते आईतबार नेपाली दुतावास युएईकी श्रम सहचारी हिराकुमारी यादव तथा गैह्र आवसिय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठ अलपत्र नेपालीहरु बसेको स्थानको स्थलगत अध्यनका लागि गएका थिए। त्यसको भोलिपल्ट गैह्र आवसिय नेपाली संघले अलपत्र नेपालीहरुलाई दूतावास र्पुयाएको थियो।

    दूतावासमा र्पुयाईएका २२ मध्ये ४ को भिजा समयावधि सकिएर ओभर स्टे भएकोहुनाले जरिवाना तिरेर स्वदेश फर्काउन गत सोमबार दलाल रमेश कुँवरको जिम्मा लगाईएको थियो। कुँवरले ती ४ जनालाई सारजाह लगेर राखेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij