शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

डेनमार्कको कोपनहेगनमा तिहारको तयारी

  • प्रकाशित मिति : शुक्रबार, अशोज २७, २०७४



  • नेपालीहरुको दोस्रो महान चाड तिहारको रमझमले प्रवासी नेपालीलाई पनि छुनै आँटेको छ। परिबन्धले चाडबाडमा स्वदेश जान नपाउनेहरुका लागि बिदेशमै भए पनि जो सकेको रमाउने र महान चाडको झझल्को मेटाउने प्रयास यसपल्ट डेनमार्कको राजधानी कोपन्हेगनमा पनि हुने भएको छ।

    उता नेपालमा कागतिहारको रात सकिनै लाग्दा यहि अक्टोबर १७ मंगलबार स्थानीय समयनुसार साँझ ०४:०० बजेदेखि रातको १०:०० बजेसम्म कोपन्हेगनको नोरेब्रोहालेन तिहारको रमझमले झपक्कै पार्ने लक्ष्यका साथ् तयारी भैरहेको जानकारी आएको छ।

    डेनमार्कस्थित नेपाली दुतावासको सहयोगमा गैर आवासीय नेपाली संघ डेनमार्कले ‘रमाइलो चाड दिपावली साँझ-२०७४’ नाम दिएर तिहार विशेष नेपाली साँस्कृतिक कार्यक्रम गर्न लागेको हो। देउसी-भैलो र नाचगानका बीच मनाइने तिहार आफैंमा एक सांस्कृतिक पर्व पनि भएकाले त्यस्तो कार्यक्रमको रुपरेखा तय गरिएको आयोजकले जनाएका छन्।

    कार्यक्रमलाई भव्यता पुर्वक सफल बनाउन एनआरएनए- डेनमार्कलाई प्रवासी नेपाली मन्च, नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतिशील मंच, विवेकशील साझा समुह, इनास-डेनमार्क, नेपाल म्युजिक फेस्टिभल, नेपाल भलिबल संघ, क्रियटिभ नेपलिज वोमेन लगायत डेनमार्कमा क्रियाशील नेपाली संघसंस्थाले भरपुर सहयोग गर्ने भएका छन्। तिहार विशेष सांस्कृतिक कार्यक्रमका लागि स्थानीय कलाकार र सांस्कृतिक टोली रिहर्शलमा दिलोज्यानले खटिरहेका इनास- डेनमार्कका अध्यक्ष शन्त कुमार थापा मगरले जानकारी दिए।

    तयारीको क्रममै नेपाली संघसंस्था देखि नेपाली व्यवसायीहरु समेतले देखाएको सहयोगको तत्परताले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने हौशला मिलेको कुरा गैर आवासीय नेपाली संघ- डेनमार्कको हाल कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी संघकी महिला उपाध्यक्ष शुशिला हमालले बताइन। डेनमार्कमा अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्रमको प्रवेश शुल्कमा विशेष सहुलियत र सहभागीलाई तोकिएको शुल्कमा दान-एसिया नेपाली रेस्टुरेन्टले व्यबस्थापन गरेको खाना खुवाइने संघका महासचिव सुमन थापाले बताए।

    संस्कृतिक कार्यक्रममा तिहार विशेष रमझमपूर्ण प्रस्तुतिका साथै डिजे प्रविनले संचालन गर्ने ‘डिजे कार्यक्रम’ पनि हुने बताइएको छ भने स्थानीय कलाकारहरुको हालसम्मकै उत्कृष्ट प्रस्तुति दिने प्रयासका साथ द्रुत रुपमा तयारी भैरहेको कार्यक्रमका संयोजक राजमान तामांगले जानकारी गराएका छन्। १२ अक्टोबरसम्म टिकट बुकिङ्ग गरेमा सामान्यलाई ८० र विद्यार्थीलाई ५० डेनिस क्रोनर प्रवेश शुल्क तोकिएकोमा कार्यक्रमस्थलमै टिकट लिनेका लागि भने सामान्यलाई १०० र विद्यार्थीलाई ६० क्रोनर शुल्क लाग्ने जानकारीमा उल्लेख छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij