शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पूर्वी नेपालमा एक महिनामा दुर्घटनामा ४७ को मृत्यु

  • प्रकाशित मिति : आइतवार, अशोज २९, २०७४



  • इटहरी, असोज २९ । पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाएका छन् ।

    सवारी दुर्घटनामा परेर मृत्यु हुनेको यो सङ्ख्या एक महिनाको अवधिमा सरसर्ती हेर्दा दैनिक दुई जनाको ज्यान जाने गरेको देखिन्छ ।

    पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले उपलब्ध गराएको दुर्घटनासम्बन्धी तथ्याङ्कमा उल्लेख भएअनुसार असोज महिनामा भएका सवारी दुर्घटनाको सङ्ख्या हेर्दा सुनसरी र मोरङ जिल्लाका सडकमा बराबर अर्थात् ३०–३० वटा सवारी दुर्घटना भएका छन् ।

    सवारी दुर्घटना हुनुको मुख्य कारण तीव्र गति र अनावश्यक ढङ्गले ‘ओभरटेक’ गर्ने प्रवृत्ति बढी रहेको पनि ट्राफिक प्रहरीको भनाइ छ ।

    सो अवधिमा भएका १३६ वटा सवारी दुर्घटनामा १२० जना मानिस गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचाररत रहेका र ८४ जना यात्रु सामान्य घाइते भएको पनि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको तथ्याङ्कमा उल्लेख छ ।

    सडक अतिक्रमण गर्ने, छाडा चौपाया तथा सडकमा निर्माण सामग्री थुपार्ने र निर्बाध सवारी सञ्चालनको सहज वातावरण निर्माणमा स्थानीय तहबाट पर्याप्त सहयोग प्राप्त हुन नसक्दा सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिएको गुनासो पनि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको पाइएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij