प्रकाशित मिति : मङ्लबार, अशोज ३१, २०७४

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नम्बरको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति उपचारकै क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाइकलका चालक ५७ वर्षीय विष्णुकुमार राई गम्भीर घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा ४९९९ नम्बरको मोटरसाइकलका चालक झापा बाह्रदसी गाउँपालिका–४ बस्ने ३० वर्षीय सन्तबहादुर ताजपुरिया र पछाडि सवार सोही ठाउँका २४ वर्षीय किरण राजवंशी सामान्य घाइते भएका छन् । उनीहरूको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । (रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij