आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लमजुङको राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण सुरु

  • प्रकाशित मिति : मङ्लबार, अशोज ३१, २०७४



  • लमजुङ, असोज ३१ । लमजुङको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण सुरु गरिएको छ ।

    एक नेपालीसहित पाँच विदेशी पर्यटकले राइनासकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन् ।

    प्याराग्लाइडिङ गरेका छ मध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दरबजार र गोरखाको लिगलिग घुमेर राइनासकोटमै अवतरण गरेका थिए ।

    राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा शेर्पाले बताए ।

    मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था निकै राम्रो पाइएको शेर्पाको भनाइ छ ।

    पर्यटन व्यवसायी कृष्णराज ओलियाले प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

    पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापन हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला राइनासकोटको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित भएका छन् ।

    सफल परीक्षण गरेको टोलीले सोही ठाउँबाट तीन दिनसम्म प्याराग्लाइडिङ गरेको थियो । टोलीमा एक नेपालीसहित पाँच फ्रान्सेली नागरिक थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij