प्रकाशित मिति : मङ्लबार, अशोज ३१, २०७४
चीनमा हुने नेसनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै चिनियाँ पक्षले गरेको आग्रहअनुसार नाका बन्द गरिएको हो । आजदेखि पाँच दिनसम्म नेपाली नागरिकलाई केरुङ जान रोक लगाइएको छ ।
ब्यापारका लागि केरुङ पुगेका, होटल सञ्चालन गरि बसेका तथा रोजगारीका लागि लामो समयदेखि बसेका सबै खाले नेपालीलाई नेपाल फर्काइएको प्रहरी नायव निरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
चुनावमा हुन सक्ने अवान्छित गतिविधि रोक्न नेपालीलाई नेपाल फर्काइएको हो भने सोही नाकाबाट आवतजावत गरिरहेका चिनियाँ पर्यटकलाई पनि रोक लगाइएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij