प्रकाशित मिति : बुधबार, कार्तिक १, २०७४
तिहार सुरु भएसँगै पटाका तथा ज्वलनशील पदार्थ भित्रिन सक्ने भन्दै सीमा क्षेत्रमा चेकजाँचमा पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । विशेष गरेर पटका भारतबाट आयात हुने भन्दै सीमानाका झुलाघाट लगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो ।
पटाका ओसारपसार, किनबेच गर्ने र पड्काउने सबैलाई कारवाही गरिने उनले बताए ।
पटाकाको ओसारपसार र कारोवार हुने ठाउँको पहिचान गरेर प्रहरीले निगरानी बढाएको उनको भनाइ थियो । उनले भने, ‘पटाका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने र ओसारपसार गर्ने सबैलाई कारवाहीको दायरामा ल्याइने छ ।’
तिहारलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीले सबै सीमावर्ती नाकाका भारतीय प्रहरीसँग समन्वय गरेर चेकजाँच बढाएको छ ।
चाडपर्वका नाममा रमाईलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण हुने, धनजनको क्षति हुने, आतंक फैलिने र मानवीय स्वास्थ्यमा समेत असर पर्ने भएपछि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
तिहारलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न देउसी भैली राती अबेरसम्म नखेल्न पनि प्रहरीले आग्रह गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij