शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बेवारिसे अवस्थामा भेटिएको सुनका गहनासहितको झोला बुझाइयो

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २, २०७४



  • बैतडी, कात्तिक २ । सीमा प्रहरीचौकी झुलाघाटले बेवारिसे अवस्थामा भेट्टाएको गरगहनासहितको झोला बुधबार सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

    गस्तीमा रहेको प्रहरीले मंगलबार साँझ ७ बजेतिर नेपाल–भारत सीमाबजार झुलाघाट बजारनजिकको मौरा बसपार्कको यात्री प्रतिक्षालयमा भेट्टाएको बेवारिसे झोलामा साढे ५ तोलाका सुनका गरगहनासँगै लत्ताकपडा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका नरेन्द्र बुडाल र उनकी श्रीमती ज्योति बुडाललाई बुझाइएको हो ।

    बेवारिसे अवस्थामा भेटिएको झोलामा नरेन्द्र बुडालको परिचय खुल्ने ‘मुम्बई इन्टरनेसनल एअरपोर्ट पेसेन्जर सर्विस एजेन्ट’ उल्लेख परिचयपत्र भेटिएपछि बेवारिसे झोला उनको रहेको थाहा हुन आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

    उनले भने–‘झोलामा परिचयपत्र भेटिएकाले सम्बन्धित मान्छेलाई सम्पर्क गरी बुझाइएको हो ।’

    उक्त झोलामा हारसेट एकथान, मंगलसूत्र दुईथान, कानको टप दुईथान र औंठी दुईथान रहेका थिए ।

    परिवारसँगै तिहार मनाउन भारतबाट घर आएका बुडालको उक्त झोला बसपार्कमा छुटेको थियो ।

    गरगहनासहित हराएको झोला प्रहरीले फेला पार्दा प्रहरीले कर्तव्य पूरा गरेर सामान फिर्ता गरेको भन्दै बुडालले प्रहरीलाई धन्यवाद दिएका छन् ।

    पटाका बरामद
    सीमा प्रहरीचौकी झुलाघाटले चेकजाँच गर्नेक्रममा सीमा नेपाल–भारत सीमा झुलाघाटको झोलुंगेपुलमा विभिन्न व्यक्तिले लुकाइछिपाइ नेपाल भित्र्याउँदै गरेका पटाका बरामद गरेको छ ।

    बरामद गरिएका पटाकालाई स्थानीय प्रशासन र पत्रकारको रहोबरमा बुधबार नस्ट गरिएको छ ।

    बैतडी प्रहरीले तिहारलाई लक्षित गर्दै नेपाल–भारत सीमानाकाका चेकजाँचमा कडाइ गर्नुका साथै पटाका आयातमा रोक लगाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij