आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कञ्चनपुरमा दश वर्षमा १०२ जना एचआइभी संक्रमितको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २, २०७४



  • भीमदत्तनगर, कात्तिक २ । विभिन्न समयमा गरेर कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी/एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ ।

    कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा रहेको एचआइभी एड्स उपचार कक्षका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्टले जिल्लामा रहेका ४१८ जना एचआइभी संक्रमितमध्ये १०२ जनाको हालसम्म मृत्यु भएको जानकारी दिए ।

    उनले एचआइभी/एड्स औषधि सेवन गर्न सम्पर्कमा नआउँदै २५ र औषधि सेवन गरिरहेका मध्येबाट ७७ जनाको मृत्यु भएको बताए । २१ बालबालिकासहित ३६८ जनाले नियमित औषधि सेवन गरिरहेको बताउँदै जनस्वास्थ्य निरीक्षक भट्टले पछिल्ला वर्षमा एचआइभीका संक्रमितहरु बढ्दै गइरहेको बताए ।

    ‘सम्पर्कमा आएकामध्ये २२ जनाले औषधि नै सेवन गरेनन्,’ भट्टले भने, ‘दश जनाले औषधि सेवन गर्न बीचमै छाडे ।’ संक्रमितहरु अञ्चल अस्पतालमा निःशुल्क औषधि लिन र स्वास्थ्य चेकजाँचका लागि नियमित आउने गरेका छन् ।

    ‘शुरुमा त संक्रमित खुलेर आउनै अप्ठ्यारो मान्थे,’ जनस्वास्थ्य निरीक्षक भट्टले भने, ‘अहिले नियमित आएर औषधि लिएर जान्छन् ।’ उनले संक्रमितको स्वास्थ्य परीक्षणदेखि विभिन्न किसिमका सुविधा अस्पतालले दिँदै आएको बताए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij