शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका

  • प्रकाशित मिति : शनिबार, कार्तिक ४, २०७४



  • काठमाडौं, कात्तिक ४ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले भाइटीकाको दिन शनिबार बिहानैदेखि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाएका छन् ।

    वर्षको एक दिन भाइटीकाका दिन खुल्ने यस मन्दिरमा टीका लगाउनेको बिहानैदेखि भीड लागेको हो ।

    बालगोपालेश्वर मन्दिरमा आफ्ना दाजुभाइ नहुने दिदीबहिनीहरुले टीका थाप्न आउने दाजुभाइलाई टीका लगाइदिने चलन छ ।

    त्यसैगरी, टीका थाप्न पुगेका दाजुभाइले टीका लगाइसकेपछि दक्षिणा दिए ।

    उनीहरुले टीका लगाइसकेपछि एक–आपसमा सुख, शान्ति र दीर्घायुको कामना पनि गरे ।

    तिहारको भाइटीकामा वर्षको एक दिनमात्र खुल्ने भएकाले बालगोपालेश्वर मन्दिरको दर्शन गर्नकै लागि पनि सर्वसाधारण पुग्ने गरेका छन् ।

    तर, दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिरको अझै पुनःनिर्माण नगर्दा दर्शनका लागि असुविधा भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij