शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

उपत्यकामा बन्ने नयाँ सहरको डिपिआर तयार पार्न कम्पनी छनौट हुँदै

  • प्रकाशित मिति : आइतवार, कार्तिक ५, २०७४



  • काठमाडौं उत्यकाका चार कुनामा निर्माण हुने भनिएका नयाँ सहरको विस्तृत अध्ययन गर्न परामर्शदाता छनौटको अन्तिम तयारी भइरहेको छ।

    उपत्यका विकास प्राधिकरणले उक्त कार्यको लागि कम्पनीहरुको आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरी अध्ययनको काम अगाडि बढाएको छ।

    काठमाडौं उपत्यकाको कोर सिटीभित्रको बसोबासको चापलाई घटाउन सरकारले चारवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको थियो। व्यवस्थित बसोबासलाई सुनिश्चित गर्नभन्दै मन्त्रिपरिषद् गएको बैशाख २५ गते निर्णय गरेको थियो।

    त्यसपछि सहर निर्माण हुने भनिएका स्थानमा निश्चित सिमाभन्दा बढीका जग्गा कित्ताकाट गर्न रोक लगाएको प्राधिकरणले विस्तृत अध्ययन गर्न भन्दै विश्वव्यापीक र आन्तरिक टेन्डर आब्हान गरेको थियो।

    आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुई प्रकारका टेन्डर आब्हान गरेको प्राधिकरणले एक लाख रोपनीमा बन्ने काठमाडौंको उत्तरपूर्वी क्षेत्रको इशान काठमाडौंको लागि अन्तर्राष्ट्रिय टेन्डर गरेको थियो। उक्त प्रस्तावमध्ये पाँचवटा कम्पनीलाई आशयपत्र दिएको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए।

    त्यस्तै १०-१० हजार रोपनी क्षेत्रफलमा बन्ने अन्य तीन सहरको लागि भन्दै प्राधिकरणले मागेका आन्तरिक टेन्डरमा सहभागी ११ कम्पनीलाई त्यस्तो पत्र दिउको उनले जानकारी दिए। जसमा विदेशी कम्पनीले आफ्नो प्रस्ताव कात्तिक २३ र नेपाली कम्पनीले २६ गतेभित्र प्राधिकरणमा पेश गरिसक्नुपर्ने छ।

    कम्पनीहरुले प्रस्ताव पेश गरेपछि प्राधिकरणले एउटा कामको लागि एउटा कम्पनीलाई छनौट गरी डिपिआर निर्माणको जिम्मा दिने र यो काम चालु आर्थिवर्षभित्र सकिने तिवारीको भनाइ छ।

    कहाँ कहाँ बन्दैछन् नयाँ सहर?

    उत्तरपूर्व काठमाडौं

    एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुने यो सहर नयाँ सहरमध्ये सबैभन्दा ठुलो हुने छ। यसको नाम इशान काठमाडौं राखिएको छ। मुलपानी क्रिटेक मैदानदेखि बोडे निक्लने बाटो, निलबाराही त्यहाँबाट भक्तपुर जाने बाटो, खरिपाटी सैनिकब्यारेकलाई बाहिर राखेर शालीनदी, साँखु हुँदै क्रिकेट मैदानसँगै जोडिने छ।

    भक्तपुर

    भक्तपुको क्षेत्रमा क्षेत्रमा फैलिएर बन्ने यो सहर १० हजार क्षेत्रफलमा निर्माण हुने छ। काठमाडौं अग्नेय नाम दिइएको यो सहर भक्तपुरको बालकोट, उत्तरमा अरनिको राजमार्ग, सुर्यविनायक,दक्षिणमा सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्मको क्षेत्रलाई समेटेर सहर निर्माण गरिने छ।

    काठमाडौं उत्तर

    काठमाडौंको पश्चिम उत्तरी क्षेत्रमा क्षेत्रमा फैलिएर बन्ने छ। १० हजार रोपनी क्षेत्रमा बन्ने यो सहर टोखाको मूल सडक, ग्रिनल्यान्ड बाइपास, फुलबारी तारकेश्वर, महादेव खोला हुँदै टोखा रोडमै जोडिने गरी अर्को सडक निर्माण हुनेछ।

    ललितपुर
    ललितपुरको दक्षिण क्षेत्रमा निर्माण हुने यो सहरको नाम काठमाडौं नैरत्य दिइएको छ। ललितपुर पहिलेको सैबु, भैसेपाटी गाविस हुँदै बागमतिको झोलुंगे पुललाई सिमाना मानेर सहर निर्माण हुने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij