आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित, एन्टीस्नेक भेनमको अभाव

  • प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४



  • कञ्चनपुर, कात्तिक ८ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ ।

    लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताए । उनका अनुसार कात्तिक २ गते लक्ष्मी पूजाको दिन गाउँपालिका–२ गौरीटोल निवासी २५ वर्षीया शारदा थापाको सर्पको टोकाइले ज्यान गएको छ ।

    यसैगरी, वडा नं २ कै २३ वर्षीय सेतु बुढा सर्पको टोकाइले अस्पताल भर्ना भएका छन् । उनको भारतको खटिमामा उपचार भइरहेको छ ।

    सर्पको बिगबिगी बढेपछि पूरै गाउँ भयभित हुँदै आएको छ । अझै निरन्तर ठाउँठाउँमा विषालु सर्प देखिने क्रम जारी रहेको छ ।

    बेल्डाँडीमा रहेको स्वास्थ्य चौकीमा सर्पदंशको औषधि एन्टीस्नेक भेनम नहुँदा उपचारका लागि सदरमुकाम महेन्द्रनगर वा धनगढी लैजानुपर्ने बाध्यताले गर्दा पनि सर्पदंश बिरामीले अकालमै ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

    गाउँलेले यथाशीघ्र सर्पदंश उपचारका लागि एन्टीस्नेक भेनम औषधिको व्यवस्था गरी दिन माग गरेका छन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij