आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

एक सय विद्यार्थीलाई निःशुल्क साइकल वितरण

  • प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४



  • रुपन्देही, कात्तिक ८ । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ ।

    तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो ।

    गरिब तथा विपन्न परिवारका जेहन्दार विद्यार्थी र टाढाटाढाबाट विद्यालय आउने बालबालिकाको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको ख्वाङ्जु कोरियन बुद्धिज्म फाउण्डेशन नेपालका प्रवक्ता गोपाल आचार्यले बताए ।

    करिब रु ६ लाख मूल्य बराबरका ती साइकल वितरण गरिएको हो । साइकल उपहार पाएपछि जनज्योति मावि कक्षा– ९ का विद्यार्थी आकाश परियार र कक्षा ४ कि विद्यार्थी पूर्णिमा परियार लगायतले खुशी व्यक्त गरेका छन् ।

    शान्ति नमुना मावि मणिग्राममा कक्षा १० मा अध्ययनरत् मनिषा चौधरी र कक्षा– ९ मा अध्ययनतत् वर्षा बस्यालले प्राप्त साइकलबाट पठनपाठनमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    कोरियामा रहेको ख्वाङजु बुद्धिज्म फाउण्डेशनको सहयोगमा यस क्षेत्रका बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले साइकल वितरण, छात्रवृत्ति वितण तथा अन्य सामग्री प्रदान गरिँदै आएको आचार्यले बताए ।

    शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीे रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको सो फाउण्डेशनका प्रमुख भिक्षु पार्क ईम साङले बताए ।

    भिक्षु फप ईल सिनमले सहयोगलाई सकारात्मक रुपमा लिएर यसको सदुपयोग गर्न आग्रह गरे । सहयोगले विद्यार्थीमा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग पुग्ने जनज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।

    शान्ति नमुना माविका प्रअ कुलप्रसाद लामिछाने पनि साइकल वितरणबाट विद्यार्थी थप उत्सुक भएको र यसले उनीहरुको सिकाइ उपलब्धि वृद्धि हुने विश्वास व्यक्त गरे । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij