शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र विकासले देशभर मौसम बदली

  • प्रकाशित मिति : शनिबार, कार्तिक ११, २०७४



  • उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण आज देशभरका पहाडी र पूवी तराई क्षेत्रमा मौसम बदली भएको छ।

    पूर्वी भूभागको दक्षिण क्षेत्रमा सानो न्यूनचापीय क्षेत्र विकास भएको र पश्चिमी भूभागको उच्च वायुमण्डलमा न्यूनचापीय रेखा रहेकाले मौसममा प्रभाव परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

    ‘देशभर पहाडी क्षेत्रमा पूर्ण बदली छ। जलवाष्पयुक्त हावाको कमीले गर्दा एक/दुई स्थानमा पानी पर्ने सम्भावना छ,’ उनले भने। पूर्वी तराई भेगमा कमजोर न्यूनचापीय क्षेत्र विकास भएकाले सामान्य बदली भएको उनले जानकारी दिए।

    उनका अनुसार देशका पहाडी, मध्य तथा पूर्वी भेगमा अझै दुई दिन यस्तै  हुनेछ। आज काठमाडौँको न्यूनतम तापक्रम १३.६ र अधिकतम २६.६  डिग्रिसेल्सियस छ। कात्तिकको पहिलो साता यहाँको न्यूनतम तापक्रम ९ देखि ११ डिग्रिसेल्यिससम्म पुगेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij