प्रकाशित मिति : आइतवार, कार्तिक १२, २०७४

मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए ।
शनिबार राती साढे सात बजेतिर ज५प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्ठामोडबाट जलेश्वरतिर आउँदै गरेको युवक महासेठको मोटरसाइकल चलेश्वर–२ स्थित कलभर्टको खाल्डोमा दुर्घटना भएको थियो ।
मोटरसाइकल दुर्घनामा परेर युवक महासेठ गम्भीर घाइते भएपछि प्रहरीले उनलाई स्थानीयबासिन्दाको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा उनको उपचारका क्रममा जिल्ला अस्पताल जलेश्वरमै मृत्यु भएको प्रहरी उपरीक्षक कठायतले बताए ।
दुर्घटनाग्रस्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij