आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सहमति भए पनि बिर्तामोडमा निषेधाज्ञा जारी

  • प्रकाशित मिति : आइतवार, कार्तिक १२, २०७४



  • झापाको विर्तामोडमा शुक्रबार दिउँसोबाट लगाइएको निषेधाज्ञा अझैं हटाइएको छैन। निषेधाज्ञा नहट्दा सर्वसाधारणलाई समस्या भएको छ।

    अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि शुक्रबार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो।

    सो क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो।

    शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्नेलगायतका आठ बुँदे निर्णय गरे पनि विर्तामोडमा लगाइएको निषेधाज्ञा भने जारी छ।

    निषेधाज्ञाका कारण विर्तामोड क्षेत्र बिहानैबाट सुनसान छ। आज पनि लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन भने विर्तामोड क्षेत्रका विद्यालय , क्याम्पस , उद्योगधन्दा, कलकारखाना बन्द रहेका छन् ।

    विर्तामोडमा भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शनिबार वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइएको छ। उनलाई हिजो विराटनगरबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो। उनको पेट र हातमा गोली लागेको थियो।

    यता विर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचाररत् अन्य पाँच जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij