शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

घर बनाउँदै हुनुहुन्छ, होसियार: कामपा अनुगमनमा आउँदैछ

  • प्रकाशित मिति : आइतवार, कार्तिक १२, २०७४



  • काठमाडौं महानगरपालिकाले घरघरमा इञ्जिनियर अवधारणा ल्याएपछि नियमविपरीत घर निर्माण गर्नेको सङ्ख्यामा कमी आएको छ।

    कामपाका इञ्जिनियर राम थापाका अनुसार गत साउन महिनाबाट महानगरभित्र निर्माण हुने सबै घरमा अनिवार्यरुपमा कामपाका इञ्जिनियरले अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । यसरी अनुगमन नियमित हुन थालेसँगै नक्साविपरीत भवन निर्माण गर्नेको सङ्ख्यामा कमी आएको हो । कामपाको ३५ वटै वडामा गरी दैनिक रुपमा तीस जना इञ्जिनियरले निर्माणाधीन घरको अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् ।

    निर्माण धनीले कामपाबाट नक्सा पास गरिसकेपछि निर्माणको समयमा आफ्नो इच्छाअनुसारको इञ्जिनियर राखे पनि नियमअनुसार घर निर्माण नक्साअनुरुप अनिवार्य गराउन यो किसिमको अवधारणा ल्याएको कामपाले बताएको छ।

    खटिएका इञ्जिनियरले दैनिक १० देखि १५ वटासम्म घरको अनुगमन गर्ने गरेका थापाले जानकारी दिए। अनुगमनका क्रममा नक्सा विपरीत घर निर्माण भएको पाएमा घरधनीलाई बीचमा नै काम रोक्न लगाई थप कारबाहीको प्रक्रियासमेत कामपाले गर्नेछ ।

    अघिल्लो आर्थिक वर्षमा नियम विपरीत घर बनाउनेको सङ्ख्या अत्यन्तै रहेको पाए पनि अहिले भने २० वटा घर निर्माण हुँदा मुस्किलले एक दुईवटाले मात्र नियम विपरीत कार्य गर्ने गरेको पाइन्छ। यसरी निर्माणको सुरूको समयदेखि नै नियमित अनुगमनले गर्दा नियम विपरीत घर निर्माण कमी आएको कामपाको भनाइ छ। गत साउन महिनाभन्दा पहिले निर्माण हुने घरमध्ये ५० प्रतिशत नियम विपरीत हुने गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij