आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपभोक्ता ठगेको भन्दै दरबारमार्गका ९ व्यापारी पक्राउ

  • प्रकाशित मिति : बुधबार, कार्तिक १५, २०७४



  • धेरै नाफा लिएर सामान बेचेको आरोपमा दरबारमार्गका ९ जना व्यापारी पक्राउ परेका छन्।

    सेलको नाममा उपभोक्ताबाट धेरै नाफा लिएको ठहरसहित आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी प्रहरी परिसरले मंगलबार पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी छन्। लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    बाँकी व्यवसायीका सम्बन्धमा भने अनुसन्धान चलिरहेको परिसरले जनाएको छ।

    दशैं तिहार अगाडि बजार अनुगमनमा  लत्ताकपडा, जुत्ता, घडीलगायत सामग्री  बिक्रीमा उपभोक्तालाई ठगिएको विभागले ठहर गरेको थियो।

    विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसलमा अनुगमन गर्दा अत्याधिक नाफा लिने गरेको फेला परेपछि ९ वटा पसलमा सिल गरेको थियो। उक्त घटनाको थप अध्ययन गरी मुद्दा चलाउन प्रहरीलाई जिम्मा दिएको थियो।

    प्रहरीले ब्रान्डेड सामाग्री बिक्री गर्ने १५ जना व्यापारीलाई अनुसन्धानको दायरामा राखेको थियो। ६ जना अझै फरार रहेको महानगरीय प्रहरी परिसरका एसएसपी रविन्द्र धामीले जानकारी दिए।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij