प्रकाशित मिति : सोमवार, कार्तिक २०, २०७४
पटक पटक ताकेदा गरेका उनले गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको जनाउँदै १५ दिनभित्र घर छोड्न अल्टिमेटमसमेत दिएका छन्।
आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्ने/बसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको जिकिर गरेका छन्।
उनले १५ दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढ्नेसमेत बताएका छन्।
पूर्वराष्ट्रपति डा यादव २०७२ कात्तिक १२ देखि सो घरमा बस्दै आएका छन्।
पूर्वराष्ट्रपतिको अपमान हुनेगरी पटकपटक यस्ता सूचना सार्वजनिक सञ्चारमाध्यममा आउने गरेका छन्।
पूर्वराष्ट्रपतिको अपमान हुनेगरी पटकपटक यस्ता सूचना सार्वजनिक सञ्चारमाध्यममा आउने गरेका छन्।
आजको नागरिक दैनिकमा प्रकाशित सूचना
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij