आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अदालत र संविधानलाई गाली गरेर चुनाव जित्ने चेष्टा नगरौं: प्रधानन्यायाधीश पराजुली

  • प्रकाशित मिति : शनिबार, कार्तिक २५, २०७४



  • सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अदालत र संविधानलाई गाली गरेर कसैले चुनाव जित्ने चेष्टा गर्न नहुने बताएका छन्।

    उच्च अदालत बार इकाई तुलसीपुर दाङमा शनिबार सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले कतिपय दलले चुनावी सभा सम्बोधन गर्ने क्रममा अदालत र संविधानलाई गाली नगर्न सचेत तुल्याएका हुन्।

    व्यक्ति विशेषका कमजोरी रहे पनि अदालतले कहिल्यै कमजोरी नगर्ने भन्दै पराजुलीले अदालत विधि, पद्धति र प्रक्रियाबाट चल्ने बताए। ‘कुनै पनि व्यक्ति वा राजनीतिक पार्टीले मेरो पक्षमा फैसला आउनुपर्थ्यो वा आउनुपर्छ भन्नु दृष्टता मात्रै हो,’ उनले भने।

    मंसिर १ देखि सर्वोच्च अदालतमा कार्यरत सबै न्यायाधीश र कर्मचारीले अतिरिक्त समयसम्म काम गर्ने गरी व्यवस्थापन गरेको भन्दै उनले पुराना मुद्दा छिटो किनारा लगाउन सघाउ पुग्ने बताए। ‘वरिष्ठ हुन् कि कनिष्ठ सबै न्यायाधीशले अब अत्यन्तै क्रियाशीलताका साथ अतिरिक्त समयमा पनि कार्यसम्पादन गर्नुपर्ने छ,’ प्रधानन्यायाधीश पराजुलीले भने।

    मालपोत कार्यालयको ढोकामा बसेकाहरु समेत वरिष्ठ अधिवक्ता भएको बताउँदै पराजुलीले अब आफ्नो हैसियत सुधार्न आग्रह गरे। ‘सुधार भनेको अविरल बगिरहने नदीजस्तै हो,’ उनले भने। कानुन व्यवसायीले अलि धेरै मनन्, अलि अध्ययन र व्यवस्थापन गर्न आवश्यक रहेको उनको धारणा थियो।

    कानुन व्यवसायी परिवर्तनका वाहक, सामाजिक अभियन्ता र न्यायमूर्ति भएकाले आफूलाई थप अध्ययनशील बनाउन सक्नुपर्ने उनको भनाइ थियो। उनले मानवअधिकारलाई संकुचन हुने तरिकाले काम नगर्न निर्देशन दिएका छन्। ‘हिजो न्याय सम्पादनमा केही संकुचन थिए। थुनेर मात्रै बयान लिने परिपाटीले मानिसको मनोबल कमजोर हुने गर्थ्यो। त्यसमा राहत दिने गरी व्यवस्था मिलाउँदैछौं,’ उनले भने।

    ‘अब कैदीलाई स्वयं अदालतमा उपस्थित गराउनुपर्दैन। भिडियो कलमार्फत् नै बयान लिने स्मार्ट व्यवस्था छिट्टै लागू हुन्छ,’ प्रधानन्यायाधीश पराजुलीले भने। उनले कतै प्रयोगमा आइसकेको भए पनि अब लगत्तै देशभरका ५६ जिल्लामा त्यस्तो व्यवस्था गर्न लागेको जानकारी पनि दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij