प्रकाशित मिति : आइतवार, कार्तिक २६, २०७४
मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फबाट उम्मेद्वार सुनिल शर्माले सञ्चालन गरेको स्वास्थ्य शिविर रोक्ने क्रममा विवाद हुँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिका ३ मा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर निर्वाचन आचारसंहित विपरित भएको भन्दै प्रहरीले रोक्न खोज्दा आक्रोशित स्थानीयले राजमार्ग अवरोध गरेका हुन्।
स्थानीय ४६ विघे युवा क्लबको सहकार्यमा आयोजित स्वास्थ्य शिविरलाई प्रहरीले हटाएपछि आक्रोशित युवाहरू प्रहरी दमनविरूद्ध नारा लगाउँदै राजमार्ग आएर सडक अवरोध गरेका हुन्।
कांग्रेस कार्यकर्तासहित स्थानीयहरू ‘प्रहरी दमन मुर्दावाद, राजन कार्की राजीनामा दे, स्वास्थ शिविर सूचार गर’, जस्ता नारा लगाएर सडक अवरोध गर्दै बसेका छन्।
आइतबार बिहान चलिरहेको शिविरमा प्रहरीको टोली पुगेर रोक्न भन्दै डाक्टरहरूलाई नियन्त्रणमा लिएको थियो। स्थानीयको प्रतिकारपछि डाक्टरहरूलाई छोडेपनि शिविर गर्न प्रहरीले रोकेको थियो। आचार संहिता उलंघनबारे निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली आउने कुरा भइरहेको बेला प्रहरीले बन्द गराएको हो।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij