आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा आयात गरिएका नयाँ गाडी नै प्रदूषित

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २८, २०७४



  • नेपालमा आयात गरिएका नयाँ गाडी नै प्रदूषित हुने गरेको पाइएको छ। यातायात व्यवस्था विभागले युरो थ्री स्तरलाई कानुनी मान्यता दिए पनि आयात हुने गाडीको मापदण्ड जाँच नगरिँदा नयाँमै समस्या देखिएको हो। यो खबर छेटु शेर्पाले आजको अन्नपूर्णमा लेखेका छन्।

    नेपाल भित्रिने सवारीसाधन युरो थ्री मापदण्डको हो÷होइन भन्ने यातायात व्यवस्था विभागलाई कुनै जानकारी नभएको विभाग प्रवक्ता टोकराज पाण्डेले बताए। ‘उत्पादित कम्पनीले दिएको कागजातको आधारमा नेपालमा सवारीसाधनलाई मान्यता दिँदै आएका छांै, हामीसँग जाँच गर्ने मेसिन र ल्याब छैन’, उनले भने। सवारी परीक्षण कार्यालय टेकुले प्रदूषण जाँच क्रममा भारतमा निर्मित मारुती र टाटा कम्पनीका नयाँ गाडी नै प्रदूषित भेटिएको जनाएको छ।

    सवारी परीक्षण कार्यालय टेकुका प्रमुख सिनियर डिभिजन इन्जिनियर रामचन्द्र पौडेलले नयाँ गाडीमा समेत वातावरण प्रदूषण मापनको सीमा नाघेको भेटिएको बताए। विभागले वायु प्रदूषण न्यूनीकरण गर्न सवारीको जाँच गरी वातावरण अनुकूल मान्दै ग्रिन स्टिकर वितरण गर्दै आएको छ।

    वायुमा पीएम १ र २.५ माइक्रोनभन्दा साना धुलोका कण बढी हुने देखिएको छ, यसमा सवारीसाधन नै जिम्मेवार हुने अध्ययनले देखाएको छ। विभागले पेट्रोल गाडीका लागि सन् १९८० सम्म उत्पादन भएकामा कार्बन मनोअक्साइड बढीमा तीन र पछिल्ला गाडीमा ४.५ प्रतिशत कार्बन मनोअक्साइड र हाइड्रोकार्बन बढीमा १००० पीपीएम (पार्ट पर मिलियन) भन्दा कम भए मात्र वातावरण अनुकूल मान्ने गरेको छ। डिजेल गाडीको हकमा धुवाँको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयू (हारट्रिज स्मोक युनिट) हुनुपर्छ। यो मापदण्ड पूरा नगरेको सवारीसाधनले वातावरणअनुकूल मानेर हरियो स्टिकर पाउँदैनन्।

    उपत्यकाका सडकमा गुड्ने ७० प्रतिशत सवारीसाधन वातावरण अनुकूल नभएको पौडेलले बताए। यसमा नयाँ आयातीत गाडीको मापदण्ड पूरा नगर्नु पनि मुख्य भएको उनले बताए। यो धुवाँ सिधै फोक्सोमा असर गर्ने विशेषज्ञको भनाइ छ। सामान्य रुघाखोकीबाहेक फोक्सोमा दाग देखिने, सुन्निने र संक्रमणको एउटा मुख्य कारण यही प्रदूषण भएको छ। आँखा चिलाउने, छाला एलर्जी हुने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने र मुटुको रोगसमेत बढाउने गरेको छ।

    अटो मोबाइल रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) ले दिएको पत्रलाई मान्दै विभागले गाडी आयात गर्दा मापदण्ड पूरा नभएका गाडी भित्रिएको पुष्टि भएको छ। विभागको तथ्यांकमा भारतमा निर्मित गाडीमा यस्तो समस्या देखिएको पाइएको छ। नेपालमा धेरै गाडी भित्र्याउने टोयोटा र सुजुकीले पनि उत्पादित कम्पनीकै पत्रको आधारमा विभागबाट स्वीकृति लिने गरेको जनाएका छन्।

    सुजुकी गाडी बिक्रेता कम्पनीका बजार प्रतिनिधि राजेन्द्र पाण्डेले भारतीय कम्पनीले दिएको कागजातका आधारमा भन्सार निर्धारण गरी यातायात व्यवस्था विभागले मान्यता दिने गरेको बताए। विभागको तथ्यांकमा आव ०७३/७४ सम्ममा २७ लाख ८३ हजार ४ सय २८ वटा सवारीसाधन भित्रिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij