आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विप्लव नेतृत्वको पार्टीका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०७४



  • धनकुटा, कात्तिक ३० । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    निर्वाचन बिरोधी गतिबिधि गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।

    राईले प्रयोग गर्दै आएको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि बुधबार पनि नेकपाका तीनजनालाई प्रहरीले धनकुटाका बिभिन्न स्थानबाट पक्रेको थियो ।

    पक्राउ पर्नेमा जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझा, रञ्जित राई र प्रेम कटेल छन् । ओझालाई हिले, राईलाई थलथले र कटेललाई पाख्रीवासबाट पक्राउ गरिएको हो ।

    निर्वाचन विरोधी गतिबिधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij