आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार, ६ जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १, २०७४



  • नुवाकोट, मंसिर १ । कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ ।

    नुवाकोटको चतुरालेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न काठमाडौंबाट नुवाकोट जाँदै गर्दा डाडागाउँ शिकारी चौरमा महतसहितका उम्मेदवारलाई लक्षित गरी बम प्रहार गरिएको हो । बम आक्रमणबाट ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

    बिहान १० बजेर १० मिनेट जाँदा गराइएको विष्फोटमा परी कार्यकर्ता चढेको एउटा गाडी ध्वस्त भएको छ । डा. महत भने सकुशल छन् ।

    नेकपा विप्लवको नाममा अरुले नै आफूलाई लक्षित गरी बम प्रहार गरेको डा. महतले प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij