प्रकाशित मिति : मङ्लबार, मंसिर २६, २०७४

गएराति बा६६प ४८५६ नम्बरको मोटरसाइकल बा८च ९३१ नम्बरको टाटा मोबाइलसँग ठोक्किएर पुनः बा२ज १३७६ नम्बरको ट्याक्सीमा ठोक्किन पुगेपछि गम्भिर घाइते ३२ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको उपचारका क्रममा वीरअस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा सवार २८ वर्षीया तीलकुमारी राना र १२ वर्षीय बालक सुजन लुङ्गेलीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दुर्घटनामा संलग्न सवारी साधन र तिनका चालक बालाजुस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा छन् । (रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij