आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नवराज सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

  • प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०७४



  • काठमाडौं, मंसिर २८ । सर्वोच्च अदालतले नेकपा एमालेबाट नवनिर्वाचित सांसद एवं तत्कालीन डीआइजी नवराज सिलवालले बढुवाका लागि पेस गरेको कार्यसम्पादन मूल्यांकन गलत रहेको ठहर गर्दै कारबाही गर्न आदेश गरेको छ ।

    प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायाधीशको बृहत् इजलासले हालै तयार पारेको फैसलाको पूर्णपाठमा उक्त आदेश दिइएको हो ।

    जसमा न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी सहभागी थिए ।

    नवराज सिलवालले निवेदनसाथ प्रस्तुत् गरेको फर्मको अंक र लोकसेवा आयोगलगायतका निकायबाट प्राप्त अंक भिन्न देखिएकाले अधिवक्ता कपिलदेव ढकालले सिलवालको बढुवाका लागि सार्वजनिक सरोकारको सिद्धान्तविरुद्ध रिट दायर गरेको ठहर गर्दै उनलाईसमेत कारबाही गर्न नेपाल बार काउन्सिललाईसमेत लेखी पठाउन आदेश दिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij