प्रकाशित मिति : शनिबार, पुस ८, २०७४
गोली लागेर कालिकोटमा म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव मानवबहादुर विकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।
समितिमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका लक्ष्मण गुरुङ सदस्य छन् । उनीहरुलाई छानबिन गरी ७ दिनभित्र प्रतिवेदशन पेश गर्न भनिएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए।
कालिकोटमा शुक्रबार म्यादी प्रहरी र नेपाल प्रहरीबीचको बिबादले उग्ररुप लिए प्रहरीको गोली लागि म्यादी प्रहरी शान्नीतिर्बेणी गाउँपालिका तिकुवाका १९ वर्षीय विवेक ऐडिको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय कालिकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलवभत्ता बापतको अन्तिम किस्ताबाट ३ हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरीहरु आन्दोलित भएका थिए ।
सरकारले एडीकाे परिवारलाई १० लाख क्षतिपुर्ति दिने निर्णयसमेत गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij