आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अब सहकारीमा पनि स्रोत खुलाउनुपर्ने

  • प्रकाशित मिति : मङ्लबार, पुस ११, २०७४



  • सरकारले सहकारी संस्थामा पनि १० लाख रूपैयाँभन्दा बढी कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा केही वर्ष अघिदेखि नै लागू भइसकेको यो व्यवस्था बचत तथा ऋण कारोबार गर्ने सहकारीमा पनि लागू गर्न लागिएको हो ।

    ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४’ अन्र्तगत सहकारी तथा गरिवी निवारण मन्त्रालयले स्रोत खुलाउनुपर्ने व्यवस्थासहितको सम्पति शुद्धीकरणसम्बन्धी निर्देशन जारी गर्न लागेको हो । आजको कारोबारमा खबर छ ।

    सहकारी विभागले बनाएको निर्देशनको मस्यौदा मन्त्रालयमा छलफलकामा रहेको र मन्त्रीस्तरबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

    “सबै सरोकारवालाको सुझाव समेटेको मस्यौदा अध्ययनका लागि मन्त्रीज्यूको टेबलमा छ” मन्त्रालय स्रोतले भने, “उहाँबाट स्वीकृत भएपछि निर्देशन जारी हुन्छ ।” निर्देशनको मस्यौदाअनुसार सहकारीमा सेयर खरिद, निक्षेप जम्मा, कर्जा वा सावाको भुक्तानी र रेमिट्यान्सको १० लाख रूपैयाँभन्दा बढीको कारोबार गर्दा रकमको स्रोत खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

    बैंक तथा वित्तीय संस्थामा स्रोत खुलाउनुपर्ने व्यवस्था लागू भएपछि गैह्रकानुनी कालो धन लुकाउन सहकारीको प्रयोग हुने गरेको आरोप लाग्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij