आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बागलुङमा १७ करोड ३२ लाखको सुन्तला उत्पादन

  • प्रकाशित मिति : बुधबार, पुस १२, २०७४



  • बागलुङ, पुस १२ । अनुकुल मौसम तथा क्षेत्रफल विस्तार हुँदा यस बर्ष सुन्तला उत्पादन बढेपछि जिल्लाका कृषकहरुले १२ करोड रुपैँया भन्दा बढीको सुन्तला बाहिरी जिल्लामा निर्यात गरेका छन् ।

    जिल्लाका किसानहरुले उत्पादन गरेको सुन्तला चितवन, नारायणगढ, पोखरा, गुल्मी, रुकुम, बुटवल, धादिङ, काठमाण्डौँ लगायतका जिल्लाका व्यापारीले वगानवाटै खरिद गरेका हुन ।

    जिल्ला कृषि विकास कार्यालय बागलुङले दिएको जानकारी अनुसार यस बर्ष १७ करोड ३२ लाख ५० हजार रुपैँयाको सुन्तला उत्पादन भएको र त्यस मध्य १२ करोड १२ लाख ५० हजार रुपैँयाको सुन्तला बाहिरी जिल्लाका व्यापारीले वगानवाटै खरिद गरेका छन् ।

    अनुकुल मौसम एवं थप २० हेक्टर क्षेत्रफल विस्तार गरिएकाले अहिले ५ प्रतिशत सुन्तलाको उत्पादन पनि बढेको कृषि प्रसार अधिकृत विप्लप अधिकारीले बताए ।

    यसरी सुन्तला खेती गर्दै आएका बागलुङका एक हजार भन्दा बढि घरधुरी लाभान्वित भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बागलुङमा ५ हजार ४० रोपनी क्षेत्रफल उत्पादनशील छ ।

    यस बर्ष क्षेत्रफल विस्तार भएपछि ३ हजार ४ सय ६५ मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएको छ ।

    कुल उत्पादनको ७० प्रतिशत जिल्ला बाहिर निकासी भएको छ भने ३० प्रतिशत मात्रै आन्तरिक उपभोग गरिएको बताइन्छ ।

    ५ करोड १९ लाख ७५ हजार रुपैँयाको सुन्तला जिल्लामा खपत भएको हो । यहा प्रति कृषक १० हजार रुपैँया देखी ५ लाख रुपैँया सम्म आम्दानी कृषकहरु रहेका छन् ।

    रोग, किराको व्यवस्थापन, प्रविधि सामाग्रीको तालिम दिएका कारण यसबर्ष सुन्तला उत्पादनमा बृद्धि भएको बताइन्छ ।

    तर बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङ लगायतका केही स्थानमा सुन्तलाको दाना सानो देखिएको कृषकको गुनासो छ ।

    गत बर्ष जिल्लामा २ सय ३२ हेक्टर क्षेत्रफलमा ३ हजार ३ सय मेट्रिक टन अर्थात १३ करोड २० लाख रुपैँया बराबरको सुन्तला उत्पादन भएको थियो ।

    यस बर्ष उत्पादित सुन्तला विभिन्न जिल्लाका व्यवसायीहरुले बगैँचामै पुगेर खरिद गरेको कृषकहरु बताउछन् ।

    खुद्रा सुन्तला बिक्रि गर्नु भन्दा व्यापारीहरु आएर एकमुष्ठ खरिद गरेपछि सहज भएको कृषकहरु बताउछन् । सुन्तला रसिलो र स्वादिलो भएको कारण व्यापारीहरुको आर्कषण बढेको किसानहरुको अनुभव छ ।

    सिजनमा भन्दा बेसिजनमा सुन्तला विक्रि गर्दा किसानहरुलाई फाइदा पुग्ने भएकाले कतिपयले आधुनिक स्रोत र साधनको अभावमा परम्परागत रुपमा घर भित्रनै सुन्तला भण्डारन गरेर राख्ने गरेका छन् ।

    यसरी भण्डारन गरेको सुन्तला कतिपय कृषकहरु चैत बैसाख सम्म रहने गरी बढि मुल्यमा बिक्रि गर्छन् ।

    सुन्तालका लागि बागलुङको भकुण्डे, बिहँु, जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटी लगाएतका झण्डै २ दर्जन गाबिसहरु पकेट क्षेत्र मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij