शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

इरान सरकारको समर्थन र विरोधमा प्रदर्शन, हजारौं नागरिक समर्थनमा

  • प्रकाशित मिति : शनिबार, पुस १५, २०७४



  • इरान, पुस १५ । इरानमा दशौं हजार मानिस सरकारको समर्थन गर्दै र्‍यालीमा उत्रिएका छन् ।

    भ्रष्टाचार र आधारभूत अधिकारको मुद्धा उठाएर शुक्रबार (हिजो) प्रदर्शनकारीहरुले सरकारविरुद्ध प्रदर्शन गरेको एकदिनपछि शनिबार (आज) दशौं हजार मानिस सरकारको समर्थन गर्दै र्‍यालीमा उत्रिएका हुन् ।

    दुई दिनदेखि भएको सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौं नागरिक पक्राउ परेका छन् । शुक्रबारको र्‍याली आठ वर्षअघि गरिएको विशाल सडक प्रदर्शनमा भएको सरकारी दमनको वर्ष गाँठको अवसर पारेर निकालिएको हो ।

    मुलुकको दोस्रो चर्चित शहर मश्हादमा बिहीबार मूल्य वृद्धिको विरोधपछि प्रदर्शन राजधानी तेहेरानलगायत दर्जनौं शहरमा फैलिएको छ । इरानी अधिकारीहरुले क्रान्ति विरोध र विदेशी एजेन्टहरुमाथि आरोप लगाउंदै प्रदर्शनकारीहरुमाथि कठोर रुपमा प्रस्तुत हुने जनाएका छन् ।

    अमेरिकाले प्रदर्शनका सम्बन्धमा इरानी सरकारको व्यवहार नियालिरहेको जनाएको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij