आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युटुबबाटै लोकसेवाको तयारी

  • प्रकाशित मिति : सोमवार, पुस १७, २०७४



  • लोकसेवाको तयारी गर्न भदपर्दो कक्षा नपाएर भौँतारीरहेका तथा विभिन्न कारणले गर्दा कक्षा लिने ठाँउसम्म जान नसक्ने अवस्था भएकालाई लक्षित गरेर एक तुलसीराम ढकालले युटुबबाटै कक्षा दिन सुरु गरेका छन्।

    ढकाल आफैं विभिन्न इन्स्टिच्युटमा लोकसेवा तयारी गराउँछन्। यसबाहेक उनी क्याम्पसमा समेत अध्यापन गराउँछन्।

    ‘आर्थिक समस्या तथा समय अभावको कारण इन्स्टिच्युडसम्म गएर कक्षा लिन नसक्ने विद्यार्थी लक्षित गरेर युटुबबाट सेवा दिन सुचारु गरेको उनले बताए।

    उनले विभिन्न तहका लागि त्यसै अनुरुपको विषयवस्तुमा आधारित भएर भिडियो मार्फत विद्यार्थीलाई सिकाइरहेका छन्। यसरी युटुबबाटै उनको कक्षा लिनेको संख्या दैनिकरुपमा बढ्दै गएको छ।

    विधार्थीहरुबाट राम्रो प्रतिक्रिया पाउन थालेपछि थप जिम्मेवार भएर भिडियो बनाउन थालको ढकाल बताउँछन्।

    ‘केहि भिडियो हाल्न थालेपछि नियमित रुपमै विधार्थीहरुले आफ्ना थप जिज्ञासा राख्न थालेका छन्। यसले आफूलाई जिम्मेवारीले बाँधन् थाल्यो जसले गर्दा आवश्यक तथा उठेका सबैखाले विषयवस्तुमा भिडियो बनाउनै पर्ने भयो’ उनले भने।

    ढकालले गत वर्षदेखि नै युटुबममा भिडियो हाल्न सुरु गरिएको र हरेक चोटी फरक विषयवस्तु समेटिने समेत दाबी गरे।

    यसरी विधार्थीलाई निशूल्क रुपमा कक्षा प्रदान गरिरहेका ढकाल व्यवसायिक युटुबर भने हैन्न। न त उनीसँग भिडियो खिच्ने आधुनिक क्यामेरा नै छ। उनी आफ्नो फोनलाई एक स्थानमा राख्छन् र त्यसबाटै भिडियो कैद गर्छन्।

    यसका लागि उनले घरमै एउटा कोठाको सानो तर उज्योलो कुनाको प्रयोग गर्छन्। कोठामा एउटा ‘ह्वाइट् बोर्ड’ को प्रयोग गर्छन् जसमा उनी कक्षामा झैं लेखेरे सबै कुरा बझाउँछन्।

    उनको युटुब च्यानलमा अहिलेसम्मका ११ हजार सब्सक्राइबर पुगिसकेका छन्। भिडियोको प्रकार अनुरुप त्यसका दर्शक १५ द्खि ५० हजार हुने गरेका छन्।

    युटुब यात्रा आफूले सिकेको ज्ञानको लाभ सबै क्षेत्रका मान्छेले प्राप्त गरुन् भन्ने उद्धेश्यले सुरु भएको बताउने ढकाल तीनै दर्शकबाट पाइरहेको सकारात्मक प्रतिक्रियाबाट निकै उत्साहित देखिन्छन्।

    ‘मैले जीवनभर प्राप्त गरेको ज्ञानको लाभ पहँुचबाहिरका मानिसले समेत उठाउन भनेर भिडियो बनाउन सुरु गरियो। आफूले नचिनेका तथा कहिल्नयै नभेटेका सबै कुनाका मानिसबाट सकारात्मक प्रतिक्रिया पाउँदा सन्तोषको महशुष हुँदो रहेछ’ ढकालले भने।

    उनको युटुब च्यानल तुलसीराम ढकाल हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij