आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘पुस १९ वर्षकै चिसो दिन’

  • प्रकाशित मिति : बुधबार, पुस १९, २०७४



  • काठमाडौं, पुस १९ । बुधबारको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    उपत्यकाको तापक्रम बुधबार २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि, पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो ।

    जिरी, जोमसोम र जुम्लाको तापक्रम बुधबार माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए ।

    तराईका सबैजसो भागमा हुस्सु लागेको छ । तराईमा अधिकतम् तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम् तापक्रम घटेको छ ।

    एक/दुई दिन मौसम यस्तै रहने विभागले जनाएको छ ।

    आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु वहनु, हिमालको चिसो आउनुजस्ता कारणले चिसो बढेको जनाइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij