आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश राजधानीको माग गर्दै धनकुटामा आमहड्ताल, जनजीवन प्रभावित

  • प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४



  • धनकुटा, पुस २० । प्रदेशको राजधानी आफ्नै ठाउँमा हुनुपर्ने माग गर्दै आज पनि विभिन्न जिल्लामा प्रदर्शन भएका छन् ।

    प्रदेश नं. १ को राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटामा सुरु गरेकोे आमहड्ताल आज दोस्रो दिन पनि जारी छ ।

    आमहड्तालका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ । धनकुटाका बजार तथा कलकारखाना ठप्प छन् ।

    कोशी राजमागमा सवारी साधन गुड्न सकेका छैनन् ।

    धनकुटाको आमहड्तालका कारण सवारी साधन ठप्प हुँदा तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ ।

    हिले, कागते, सल्लेरी, जिरोप्वाइन्ट, मूलघाटलगायतका स्थानमा बन्दकर्ताले टायर वालेर प्रदर्शन गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij