आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गगनलाई बम हान्नेहरु धरौटीमा रिहा, घाइतेहरु आक्रोसित

  • प्रकाशित मिति : शनिबार, पुस २२, २०७४



  • काठमाडौं, पुस २२ । निर्वाचन प्रसार प्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगन थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेका मध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौले धरौटीमा रिहा गरेको छ ।

    अभियुक्तहरु महेश नेपाली, विग्रेस लामा र रोशन विष्टलाई ६० हजार रुपैयाका दरले धरौती रकम लिएर प्रशासन कार्यालयले शुक्रबार रिहा गरेको हो ।

    कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । अभियुक्तद्धय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ ।

    अर्का एक जना राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्धा रहेकाले प्रहरीले नुवाकोटमा पठाईदिएको छ ।

    उनीहरु सवैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योग सम्वन्धी मुद्धा लगाइएको थियो ।

    घटना लगत्तै पक्राउ परेका मध्ये ६ जना विरुद्ध तत्काल जिल्ला अदालत काठमाडौमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसार सम्बन्धी मुद्धा दायर भएको थियो ।

    उनीहरुलाई अदालतले बुधबार दश हजार रुपैयाको दरले धरौटी लिएर रिहा गरेको थियो । अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौले पनि दुई जना बाहेक सवैलाई रिहा गरेकोमा घटनाका पिडितहरुले असन्तोष जनाएका छन् ।

    मानिसको ज्यान समेत जान सक्नेगरी बम पड्काउनेले दश हजार रुपैया तिर्दैमा छुटकारा पाउने कानुनी व्यवस्था व्यवहारिक र न्यायपुर्ण नभएको उनीहरुको भनाई छ ।

    घाइतेहरुले दोषीलाई कारबाही गर्ने भन्दा पनि मुक्ति दिनेगरी प्रमाण जुटाउने बेलामा मुद्धा नै कमजोर बनाइएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

    काठमाडौ क्षेत्र नं. ४ मा काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदबार भएर घरदैलो गरिरहेका बेला थापा सहितको टोलीलाई लक्षित गरी काठमाडौंको चपलीमा गत मंसिर १८ गते बम आक्रमण भएको थियो ।

    आक्रमणबाट थापा सहित ११ जना घाईते भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij