आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विमानभित्रै यौन दुव्र्यवहार गरेको आरोपमा भारतीय पक्राउ

  • प्रकाशित मिति : शनिबार, पुस २२, २०७४



  • उडानमा रहेको विमानभित्रै यौन दुव्र्यवहार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन् । उडानका क्रममा आफूनजिकैको सिटमा रहेकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा अमेरिकी अधिकारीहरूले भारतीय नागरिक प्रभु रामामुर्थीलाई पक्राउ गरेका हुन् । अमेरिकी अधिकारीहरूका अनुसार ३४ वर्षीय प्रभु आफ्नी पत्नी र पीडित महिलाका बीचमा बसेर रातको समयमा यात्रा गरिरहेका थिए ।

    लासभेगासबाट मिसिगन राज्यको डेटट्रोइटतर्फ उडिरहेको स्पिरिट एयरलायन्सको विमानभित्र महिलामाथि दुव्र्यवहार भएको थियो । ब्युँझिँदा आफ्नो सर्टको टाँक र पाइन्टको जिप खोलिएको र प्रभुको हात आफ्नो पाइन्टमा राखिएको पीडितले गुनासो गरेकी छिन् । प्रभुले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । औषधि खाएपछि आफू मस्त निद्रामा रहेकाले केही थाहा नपाएको उनले दाबी गरेका छन् ।

    आरोपित प्रभु अस्थायी भिसामा केही समयदेखि अमेरिकामा बस्दै आएका थिए । पीडित विमानभित्र झ्यालतर्फको सिटमा रहेको जनाइएको छ । यौन दुव्र्यवहारको आरोपमा प्रभुलाई बिहीबार मिसिगनको संघीय अदालतमा पेस गरिएको थियो । उनी भाग्न सक्ने आशंकामा उनलाई जमानत नदिइएको अभियोजनकर्ताले बताएका छन् । आरोपीमाथि उत्तेजित यौन दुव्र्यवहार गरेको अभियोग लागेको अभियोजनकर्ताको भनाइ उद्धृत गर्दै वासिङटन पोस्टले जनाएको छ ।

    विमान अवतरण हुनु केही मिनेटअघि मात्र आफूमाथि यौन दुव्र्यवहार गरिएको गुनासो गरेकी थिइन् । पीडित महिला निद्रामा आफ्ना पतिको घुँडामाथि सुतेको प्रभुकी पत्नीले बताएकी छिन् । विमानभित्र महिलाको सुरक्षा नभएको बताउँदै आगामी दिनमा विमानले पर्याप्त सुरक्षाको व्यवस्था गर्नुपर्ने पीडित महिलाले बताएकी छिन् । निद्राबाट ब्युँझिँदा आफ्नो लुगा आधा खोलिएको पाएपछि महिलाले विमानभित्रै चिच्याएको अन्य यात्रुहरूले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij