प्रकाशित मिति : सोमवार, पुस २४, २०७४
पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले डाक्टर गोविन्द केसीको अभियानमा समर्थन जनाउँदै उनलाई रिहाई गर्न आग्रह गरेका छन्।
सोमबार साँझ सर्वोच्च अदालतको आदेशमा डाक्टर केसीलाई प्रहरीले पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ।
प्रहरीले पक्राउ गरेको खबर सार्वजनिक भएपछि ट्वीट मार्फत पूर्वप्रधानमन्त्री भट्टराईले उनलाई रिहाइ गर्न आग्र गरेका हुन्।
‘मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी संघर्षरत डाक्टर केसी पक्राउउ परेको खबरले दु:खी छु। डा. केसीको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षसँग अग्रह गर्दछु। चिकित्सा शिक्षाक्षेत्रको सुधारका लागि डा.केसीको अभियानमा सदाझैँ मेरो र नयाँशक्तिको ऐक्यबद्धता छ।’ भट्टराईले आफ्नो ट्वीटमा लेखेका छन्।
सोमबार दिउँसो ३ बजे देखि केसीले प्रधानन्यायाधीशको वर्खास्तगी माग गर्दै अनसन बसेका थिए। डाक्टर केसीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले उनि विरुद्ध कारबाहि चलाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij