आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डा. केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र पेस गर्न आदेश

  • प्रकाशित मिति : बुधबार, पुस २६, २०७४



  • काठमाडौं, पुस २६ । अदालतको अवहेलना गरेको आरोपमा गत सोमबार पक्राउ परेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले बुधबार साधारण तारेखमा रिहा गरेको छ ।

    सर्वोच्चले डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

    डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएपछि बुधबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

    अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईओटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न पनि आदेश दिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय र न्याय परिषदमा बुझ्न भनिएको छ ।

    अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र श्याम खरेललगायतले बहस गरेका थिए । डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij