आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाइपलाइन विस्तारलाई गति दिइने : आयल निगम

  • प्रकाशित मिति : बिहिबार, पुस २७, २०७४



  • काठमाडौं, पुस २६ । नेपाल आयल निगमले गुणस्तर चिह्न (एनएस) लागू गर्ने, इन्धन भन्डारण क्षमता ९० दिनको पुर्‍याउने एवं पाइपलाइन विस्तारलाई गति दिने जनाएको छ ।

    बुधबार राजधानीमा नेपाल आयल निगमको ४८औं वार्षिकोत्सवमा निगमले उक्त प्रतिबद्धता जनाएको हो ।

    कार्यक्रममा सातै प्रदेशमा इन्धन भन्डारणका लागि क्षेत्र निर्धारण एवं जग्गा खरिद प्रक्रिया अघि बढाइरहेको कार्यकारी निर्देशक सुशील भट्टराईले उल्लेख गरे ।

    भन्डारण क्षेत्र निर्माणका लागि विज्ञहरुको छनोट पनि गरिरहेको निगमले जनाएको छ ।

    इन्डियन आयल कर्पोरेसनको सहकार्यमा ल्याउन लागिएको पाइपलाइनको ३५ किलोमिटर मोतिहारा आइसकेको उनको भनाइ छ ।

    चितवनमा पाइपलाइन विस्तारका लागि प्राविधिक रुटको पनि अध्ययन भइरहेको निगमले जनाएको छ ।

    तेल चोरी नियन्त्रणका लागि आगामी माघदेखि ‘लकिङ’ प्रणाली लागू गर्ने तयारी भइरहेको पनि जनाइएको छ ।

    वार्षिक कारोबार दुई खर्ब रुपैयाँ पुर्‍याउने निगमले जनाएको छ ।

    निगमको पुँजी संरचनामा नेपाल सरकारको ५५ प्रतिशत, सर्वसाधारणको ३० प्रतिशत र रणनीतिकको १५ प्रतिशत सहभागिता रहने भट्टराईले जानकारी दिए ।

    एनएस प्रणली लागू गर्न एवं प्रक्रियामा लैजान कडाइका साथ लाग्ने प्रतिबद्धता भट्टराईले जनाए ।

    कार्यक्रममा कमजोरीलाई सुधार गर्न ग्यास उद्योग तयार रहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । एनएस परिमार्जन गरिएकोमा भने संघले आपत्ति जनाएको छ ।

    एनएसले खर्चभार बढाएकोमा निगमको ध्यान नगएको अध्यक्ष भण्डारीले आरोप लगाए ।

    इन्धनको ढुवानीलाई वैज्ञानिक बनाउन टेन्डर प्रक्रियामा जानुपर्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महाचिव विश्वप्रसाद अर्यालले बताए ।

    टेन्डर प्रक्रियालाई कार्यान्वयनका लागि महासंघ सहयोग गर्न तयार रहेको पनि अर्यालले उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij