आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानन्यायाधीश पराजुलीको नागरिकताबारे सोधखोज, सिडिओलाई नियमित फोन

  • प्रकाशित मिति : शनिबार, पुस २९, २०७४



  • दमौली, पुस २९ । प्राडा गोविन्द केसीको आन्दोलन र उनले माग गरेको प्रधानन्यायाधीशको नागरिकता छानविनले गोपाल पराजुलीको गृहजिल्ला तनहुँमा तरगं ल्याएको छ ।

    जिल्ला प्रशासन कार्यालय(सिडिओ) तनहुँमा पराजुलीको नागरिकता बारे नियमित फोन आउने गरेको प्रशासनले जनाएको छ ।

    शुक्रबार मात्रै सरुवा भएका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले यसबारे निकै प्रश्नको सामना गर्नुपरेको छ ।

    प्रधानन्यायाधीश पराजुलीको गृहजिल्ला तनहुँ र जन्मघर ऋषिङ गाउँपालिका १ काहुँशिवपुर हो ।

    पराजुलीले तनहुँ प्रशासनबाटै नागरिकताको प्रमाणपत्र लिएको प्रशासनका एक अधिकारीले बताए । तर, सुरुमा वितरित नागरिकतामा जन्म मिति भने उल्लेख नभएको प्रशासन श्रोतको भनाइ छ ।

    ‘त्यतिबेलाका प्रायः नागरिकतामा जन्म साल मात्र उल्लेख हुन्थ्यो,’ पराजुलीको नागरिकता प्रकरण अहिले विवादमा आएजस्तो ठूलो नभएको जिकिर गर्दै ती अधिकारीले भने,‘पछि उहाँले महिना र साल उल्लेख गरी काठमाडौंं प्रशासनबाट प्रतिलिपि निकाल्नुभएको देखिन्छ ।’

    उनले सुरुको नागरिकतामा जन्म महिना र मिति उल्लेख नभएकाले पराजुलीले सेवा प्रयोजनमा पर्नसक्ने असरलाई ध्यानमा राखेर मिति उल्लेख गरेको हुनसक्ने बताए । ‘पहिलेको र अहिलेको मितिमा फरक पर्‍यो भन्ने कुरा गलत छ,’ उनले भने । -अन्नपूर्णपोष्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij