आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरूङ बिजयी

  • प्रकाशित मिति : बुधबार, माघ ३, २०७४



  • कास्की जिल्ला फुटबल संघको सातौं अधिवेशनबाट चार वर्षका लागि मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले शिव गुरुङ (माया) लाई ८ मतले हराउँदै बिजयी बने । मिलनले १३ मत प्राप्त गरेका थिए भने शिवले ५ प्राप्त गरे ।

    यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्र) निर्वाचित भएका छन्।

    सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ, शुशिलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र ईन्द्रबहादुर कुँवर निर्विरोध निर्वाचित भए।

    सचिव र कोषाध्यक्ष भने मनोनयन भईसकेको छैनन्। कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने छ ।

    नयाँ नेतृत्वसँगै दुईवर्षदेखि स्थगित रहेको मनकामना केवलकार पोखरा कपलाई निरन्तरता दिनुपर्ने चुनौति थपिएको छ। अघिल्लो कार्यकालमा भएको फुटबल प्रतियोगिता सञ्चालनार्थ भएको ऋण समेत यो नयाँ कार्यसमितिको काँधमा आईपुगेको छ।

    अधिवेशनमा कास्की जिल्ला फुटबल संघका आवद्ध २३ क्लब मध्ये केवल १८ क्लबले मात्रै मताधिकार पाएका थिए।

    अधिवेशनको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला पुर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै फुटबल विकासको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

    अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईले खेलकुद भित्र जातीयवाद र राजनीतिवादले धरासायी बन्दै गएको भन्दै फुटबलमा यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    अधिवेशन सचिव शिव गुरुङ(माया) र कोषाध्यक्ष हिटलर घलेको कोषाध्यक्षको प्रतिवेदनलाई पास गरिएको थियो । कोषाध्यक्षको प्रतिवेदन अनुसार कास्की जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्दा ७ लाख ४४ हजार रुपैयाँ ऋण देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij