आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रादेशिक राजधानीको माग गर्दै आज र भोलि कपिलबस्तु बन्द

  • प्रकाशित मिति : बिहिबार, माघ ४, २०७४



  • कपिलबस्तु, माघ ४ । सरकारले बुधबार प्रदेशका अस्थायी राजधानी टुंगो लगाएलगत्तै कपिलबस्तुमा पनि विरोध चर्किएको छ ।

    प्रादेशिक राजधानी कपिलबस्तु कायम गरिनुपर्ने माग गर्दै ३ दिने कपिलबस्तु बन्दले जनजीवन प्रभावित भएको छ । बुधवार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि त्यसको विरोध गर्दै कपिलवस्तुवासी आन्दोलित भएका हुन् ।

    प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको विरोध गरेको छ ।

    संघर्ष समिति संयोजक रउफ अहमद खाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा ४ वटा बुद्धले राज्य गरेको कपिलवस्तुलाई उपेक्षा गर्दै सरकारले राजधानी नतोकिएकोमा दुःख प्रकट गरिएको छ ।

    कपिलबस्तु युवा संघर्ष समितीले ऐतिहासिक महत्व बोकेकोे जिल्ला कपिलवस्तुलाई पाँच नम्बर प्रदेशको राजधानी तोक्नुपर्ने माग गर्दै सरकारबिरुद्ध आन्दोलनलाई कडा बनाउने भएको छ ।

    पाँच नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देहीमा तोकिएसँगै कपिलबस्तुमा त्यस्को विरोधमा बुधबारदेखि ३ दिने जिल्ला बन्द आह्वान गरिएको छ । संघर्ष समितिले बुधबार अबेर यो निर्णय गरेको कपिलबस्तु युवा संघर्ष समितिका संयोजक एवं एमाले नेता रउफ अहमद खाँले बताए ।

    ‘सरकारले हामीलाई अवहेलना गरेको छ, अब यसको जवाफ सरकारले पाउँछ, कुनै हालतमा पनि यहाँ मुकाम तोकिनुपर्छ,’ उनले भने ।

    कपिलबस्तु युवा संघर्ष समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा जिल्लाका सम्पुर्ण गतिविधिहरु बन्द हुने भएका छन् । जिल्लाको चन्द्रौटा, कृष्णनगर, गोरुसिंगे, जीतपुर, बहादुरगंज, पकडि, मर्यादपुर लगायतका प्रमुख क्षेत्रमा बामगठबन्धनमा आवद्ध ब्यक्ति तथा संघसंस्थाको समन्वयमा बिहीबारदेखि बन्दको घोषणा गरिएको हो ।

    जिल्लाका कलकारखाना, विद्यालय, यातायात लगायतका सम्पुर्ण गतिविधि बन्द गरिने समितिले जनाएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलबस्तु खण्ड पुरै ठप्प पारिने समितिले जानकारी गराएको छ ।

    यसअघि सरकारले अस्थायी मुकाम दाङ बनाउने प्रस्ताव गर्दा समेत कपिलबस्तुमा चक्काजाम एवं दवावमुलक प्रदर्शन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij