आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङ र डोटीमा आन्दोलन राजमार्ग केन्द्रित, विद्यालय र यातायात ठप्प

  • प्रकाशित मिति : शुक्रबार, माघ ५, २०७४



  • काठमाडौं, माघ ५ । प्रादेशिक राजधानीको माग राख्दै दाङमा राजमार्ग केन्द्रित आन्दोलन थालिएको छ ।

    प्रदेश मुकाम तोक्दा सरकारले अन्याय गरेको भन्दै उद्योग बाणिज्य संघको संयोजकत्वमा गठित प्रादेशिक राजधानी सरोकार समितिले आन्दोलन चर्काउने निर्णय गरेको हो ।

    तीन दिनदेखि जारी आन्दोलनलाई थप सशक्त पार्न राजमार्ग केन्द्रित आन्दोलन गरेको जनाएका छन् । पूर्व भालुबाङदेखि पश्चिम हापुरेसम्म संघर्षका कार्यक्रम गरिने जनाएका छन् ।

    घोराही, तुलसीपुर, लमही, भालुबाङ, गढवा, नारायणपुर, विजौरी, हापुरेलगायत स्थानलाई केन्द्र बनाइएको छ ।

    प्रदेशस्तरका सबै कार्यालय दाङमा हुँदाहुँदै सरकारले बुटवलमा अस्थायी मुकाम तोकेको भन्दै दाङबासी आन्दोलित भएका हुन् ।

    प्रदेश प्रहरी कार्यालय, उच्च अदालत, मूख्य निर्वाचन कार्यालय दाङमै रहेको छ ।

    उता डोटीमा पनि आन्दोलन जारी रहेको छ ।

    डोटीका ७ वटै जिल्ला बन्दबाट प्रभावित छन् । सरकारी कार्यालय खुले पनि विद्यालय तथा यातायात ठप्प पारिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij