प्रकाशित मिति : शनिबार, माघ ६, २०७४
मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन्। कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिनलागेका बेला उनी आयोजनाको खर्चमा अर्को साता स्पेन जान लागेका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ। भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ। मन्त्रालयका एक सचिवले भने, ‘मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन। कार्यक्रम नै नभए पनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा उहाँ घुम्न जान लाग्नुभएको हो।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij