आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग, यस्ता छन् समलिंगीका गुनासा

  • प्रकाशित मिति : आइतवार, माघ ७, २०७४



  • भैरहवा, माघ ७ । सरोकारवालाहरुले समलिंगी बीच हुने विवाहालाई कानुनी मान्यता दिनको लागि आग्रह गरेका छन्। ।

    ११ बर्षदेखि समलिंगी सम्वन्धमा रहेका सुमन चेपाङले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदाँ कानुनी रुपमै विवाह गरेर बस्न नपाएको बताउदै मान्यता दिन आग्रह गरे ।

    नील हिरा समाजले भैरहवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा संचारकर्मीसँग गरेको अन्तरक्रियामा उनीहरुले यस्तो गुनासो गरेका हुन ।

    चेपाङले आफूलाई घरमा सबैले स्वीकारेको बताउँदै समलिंगी विवाह गरेर धर्मसन्तान राख्न पाउनेसम्मको कानुन बनाउन राज्यलाई दवाव दिनु पर्ने बताए । सुमन ११ बर्षदेखि बिष्णु माया चेपाङसँग समलिंगी सम्वबन्धमा छन ।

    १२ बर्षदेखि समलिंगी सम्वबन्धमा रहेका विनोद विसीले पोखराबाट आफूसँग भागेर आएकी महिलाको परिवारले आफ्नो परिवारलाई नै मानवबेचखिन विरुद्धको मुद्धा हालेको बताइन ।

    विसीले कानुन नबन्दा धेरै हण्डर खेप्नु परेको बताए । विनोद अहिले गुल्मीकी पूजा थापासँगको समलिंगी सम्बन्धमा छन् ।

    सुसरालीमा आउ जाउ भइरहेको बताउँदै विसीले अहिले धेरै राम्रो भइरहेको सुनाए। तर, कानुन नबन्दा समलिंगी विवाह गरेर धर्मसन्तान राख्न नपाएको विसीको भनाई छ ।

    तेस्रोलिंगी शाहबुद्धिन खाँले सानै उमेर विवाह भएकाले अहिले लुकीछिपी महिला व्यवहार देखाउने गरेको बताए ।

    अर्काकी छोरीको भविष्य हेरेर परिवारमा खुल्न नसकेको उनको भनाई थियो। रुपन्देहीमा ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक नील हिरा समाजको सम्पर्कमा आएका छन् ।

    नील हिरा समाजले भैरहवामा पत्रकारसँग गरेको अन्तरक्रियामा समाजको शाखा कार्यालय भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानले अहिलेसम्म ५ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्कमा आएको जानकारी दिएकी हुन् ।

    रोजीरोटीको समस्याका कारण रुपन्देहीमा खुल्नेको संख्या धेरै भएपनि धेरै विदेश जाने गरेको बताइन ।

    मेधशी समुदायमा सानै उमेरमा विवाह गरिदिदाँ झन समस्या आउने गरेको न्यौपानेको भनाई छ ।

    तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले पहिचान अनुसारको नागरिकता मात्रै दिएर अरु अधिकारबाट आफ्नो समुदायलाई राज्यले बञ्चित गराएको बताइन ।

    उनले विरामी भएर उपचार गराउन अस्पताल जादाँ समेत विभेदमा परेको बताइन ।

    नेपाल रोल मोडमा फष्ट रनरअपको उपाधी पाएकी अवान्तिका घर्तीले समाजको हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij