आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रसुवागढी नाकाबाट केरुङतर्फ लागे कन्टेनर

  • प्रकाशित मिति : सोमवार, माघ ८, २०७४



  • रसुवा, माघ ८ । नेपाल र चीनको व्यापारिक नाका रसुवागढीमा सोमबारदेखि फेरि कन्टेनर सेवा सन्चालन गरिएको छ ।

    सोनाम ल्होसारका कारण चिनियाँ भन्सार बन्द भएकाले एक सातादेखि रोकिएको कन्टेनर सन्चालनमा ल्याइएको हो ।

    रसुवागढी भन्सार कार्यालयकाअनुसार सोमबार करिब ३०० कन्टेनर सामान लिन केरुङतर्फ लागेका छन् ।

    माघ १ गतेदेखि चीनतर्फ सार्वजनिक बिदा परेकाले सामग्री आयात गर्न केरुङ पुगेका केही कन्टेनर त्यहीँ रोकिएका थिए ।

    अहिले सामग्री आयातका लागि कर्मचारी र व्यवसायीहरु केरुङ पुगिसकेको नेपाली व्यवसायी मुकुन्द पौडेलले बताए ।

    चीनले अन्तर्राष्ट्रिय नाकाकोरुपमा घोषणा गरेसँगै रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्ने गरेको छ ।

    चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका सामग्री, कस्मेटिक सामान आयात गरिन्छ । नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायतका सामग्री निर्यात हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij