आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सांसद नवराज सिलवाल खोज्न डिफ्यूजन नोटिस जारी

  • प्रकाशित मिति : सोमवार, माघ ८, २०७४



  • काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालाई खोज्न प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ ।
    प्रहरी  प्रधान कार्यालय उच्च स्रोतले सिलवाललाई देशका विभिन्न स्थानमा खोज्दा  नभेटिएको र विदेशमा रहेको भन्ने सूचनाका आधारमा   सोमबार इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गरिएको जानकारी दियो ।

     महानगरीय प्रहरी परिसर काठमाडौंको  अनुरोधको आधारमा प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको हो ।  डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्न सक्छ ।

    आईजीपी बढुवा विवादमा सिलवालले सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन कीर्ते भएको ठहरपछि यसमा प्रहरीले अनुसन्धान अघि बढाइएको हो ।
    महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि ललितपुर प्रहरीलाई पत्राचार गर्दै अनुसन्धानका लागि सिलवालसँग सोधपुछ गर्नुपर्ने भएकाले उपस्थित गराइदिन पत्राचार गरेको थियो । तर एकसातापछि ललितपुर प्रहरीले फेला नपारेको भन्दै  काठमाडौंलाई पत्र पठाएको थियो । । त्यसलगत्तै प्रहरीले खोजीका लागि देशैभरका प्रहरीलाई पत्राचार गरेको थियो ।

    त्यति गर्दा पनि उनी पक्राउ नगरेपछि देशबाहिर भएको भन्ने सूचनाका आधारमा प्रहरीले नोटिस जारी गरेको बताइएको छ ।  उनले दुई दिनअघि आफू विदेशमा नभएको  र नेपालमै भएको दाबी गर्दै भाइबरमार्फत एक अनलाइनलाई अन्तर्वार्ता दिएका थिए । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij