आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

७० प्रकारका औषधि नेपालमा नै खरिद गर्ने तयारी

  • प्रकाशित मिति : मङ्लबार, माघ ९, २०७४



  • काठमाडौं, माघ ९ । स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ ।

    मन्त्रालयअन्तर्गतको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

    समितिले ७० प्रकारका औषधि स्वदेशमै उत्पादन गरी स्वदेशी उत्पादकसँग मूल्य सम्झौता गरी खरिद गर्नेलगाएका विषयमा अध्ययन गरी स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।

    समितिले तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा भएको ३० प्रकारका औषधि आयातमा कडाई गर्ने विषय कार्यान्वयन गर्ने, औषधि उत्पादनसँग सम्बन्धित सरकारका विभिन्न विभागबाट प्रदान गरिने सेवाहरुको सरलीकरण गर्ने र औषधि उत्पादन क्षेत्र प्रवद्र्धन गर्न आवश्यक सुझाव समेत दिने छ ।

    निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि खरिदमा सरकारले हरेक वर्ष डेढ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ ।

    नेपालले भारत लगायतका देशबाट औषधि खरिद गर्ने गरेको हो । नेपालमा हाल ५५ वटा औषधि उत्पादन कम्पनी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij