प्रकाशित मिति : बुधबार, माघ १०, २०७४

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण छिटो गर्न चार भागमा विभाजन गरी ठेक्का लगाए पनि भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना करीब दुई वर्ष ढिला हुने भएको हो ।
ठेकेदारले लक्ष्य अनुसार काम नगरिदिँदा समयमै आयोजना सम्पन्न गर्न ठूलो चुनौती रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
करिब ९४ प्रतिशत निर्माण सम्पन्न हुँदासमेत भारतीय ठेकेदार कम्पनी टेक्सम्याकाले भने ठेक्काको ४० प्रतिशत पनि काम गरेको छैन ।
टेक्सम्याकोले हाइड्रोमेकानिकल अन्तर्गत बाँधस्थलको गेट हबसम्वन्धी काम लक्ष्य अनुसार गरेको छ भने पेनस्टक पाइपको ढुवानी २५ प्रतिशत मात्र सकाएको छ ।
टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोशीसम्म ५ दिन र सुनकोशीबाट आयोजनास्थल लामाबगरसम्म करीब १२ दिन लगाएर ढुवानी गर्ने गरेको छ ।
यही गतिमा ढुवानी गरिने हो भने बाँकी १२० ओटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij