प्रकाशित मिति : बुधबार, माघ १०, २०७४

दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जाकारी दिए ।
फुटपाथमा व्यापारिक सामानका साथै सवारी साधन नराख्नका लागि सार्वजनिक रुपमा आह्वान पनि गरिसकिएको बताउँदै उनले आगामी दिनमा अटेर गरिएको पाइएमा अधिकतम् कारबाही गरिने जानकारी दिए । (रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij